शैक्षिक गुणस्तर र त्रि.वि.
विश्वब्यापी रुपमा शिक्षा गुणस्तरीय हुनु पर्छ भन्ने मान्यता छ। गुणस्तरीय शिक्षा नारा बनेको छ।तर कस्तो शिक्षालाई गुणस्तरी शिक्षा भन्ने सवालमा अनेकन मानक र आधार तयार नगरी भन्न कठिन हुन्छ। गुणस्तर मापनका अनेक तौरतरिका हुन्छ्न । यो बहुआयामिक बिषय हो जसले धेरै कुराको सङकेत गर्दछ। शैक्षिक गुणस्तर निर्माणमा शिक्षक, शिक्षण विधि, भौतिक पुर्वाधार, लगानी , शिक्षा निति , पाठ्यक्रम, राजनीतिक ब्यवस्था, समाज , मुल्यांकन प्रणाली आदिले प्रत्यक्ष र अप्रत्यक्ष भुमिका खेलिरहेका हुन्छ्न। शैक्षिक गुणस्तरलाई ठ्याक्कै परिभाषित गर्न कठिन छ। एउटा परिवेशमा गुणस्तरीय भनिएको शिक्षा अर्को परिवेश र वातावरणमा गुणस्तरीय नहुन पनि सक्छ। समग्रताको हिसाबमा स्वदेश तथा बिदेशमा बिक्ने र टिक्ने खालको शिक्षालाई गुणस्तरीय शिक्षा भन्न सकिन्छ। शैक्षिक गुणस्तर मापनका अनेकन मानक/ आधार हुन्छ्न। जस्तै- आत्मानिर्भर मुखि , सीप मुलक / ब्यबहारिक , रोजगार मुलक,सामाजिक घुलमिलनमा योगदान, प्रबिधिको प्रयोगमा सक्षमता ,अनुशासन , नैतिकता, बिषय बस्तुमा दख्खल/ निपुर्ण, देश प्रेम र अन्तर्राष्ट्रिय नागरिक निर्माणमा भूमिका खेल्ने शिक्षा गुणस्त