Posts

  दुनियाँलाई संचार प्रबिधिले सहज बनायो। एउटै मोबाइल र कम्प्युटर भित्र सबै चिज बस्तु कैद हुन सक्ने अवस्था आयो।धेरै कुरा बोक्ने झन्झटबाट मानिसलाई मुक्ती दियो।घडी, रेडियो, क्यामेरा ,टि. भि. क्याल्कुलेटर, डायरी,क्यासेट प्लेयर, रेकर्डर,लोकेसन म्याप, कलम जस्ता सामग्री मोवाइल भित्र अटायो। क्षण भरमा संसार यात्रा गर्न सघायो।जीवन साच्चिकै सहज बनायो।टाढा रहेका आफ्न्तलाई पनि हर क्षण आफुसगै आम्ने साम्ने जस्तै बनाईदियो।सूचनाको नविनतम प्रबिधि ईन्टरनेटले । शिक्षकलाई शैक्षिक सामग्री र सूचना , गृहणिलाई पाक तरिका, फेसन डिजाइनरलाई नयाँ  नयाँ  आईडिया, ब्यापारिलाई बिज्ञापन गर्न , पैसा झिक्न बैक पुग्नु परेन। भुक्तानी गर्न घर घरमा सम्म जानै परेन। ग्राहकलाई बस्तुको प्राप्ति जानाकारी आदि सहजै हुने। वास्तवमा प्रबिधिले हुलाक युगलाई एक हिसबले अन्त गरिदियो। यति धेरै उपलब्धि दिदै गर्दा केही मानिसको मनलाई चाहिँ किन सुधार गर्न सकेन होला? खुव मन गमिराखेको छ। खास गरि सामाजिक सन्जाल, फेसबुक, युटुव,टिकटिक पनि प्रबिधिका उपहार हुन।के छैन त्यसमा? बुझे र खोजे संसार छ।उपयोग गरे फाइदै फाईदा छ।किन अल्पबिकसित देशका अधिकाम्सले यसल

शैक्षिक गुणस्तर र त्रि.वि.

  विश्वब्यापी रुपमा शिक्षा गुणस्तरीय हुनु पर्छ भन्ने मान्यता छ। गुणस्तरीय शिक्षा नारा बनेको छ।तर कस्तो शिक्षालाई गुणस्तरी शिक्षा भन्ने सवालमा अनेकन मानक र आधार तयार नगरी भन्न कठिन हुन्छ। गुणस्तर मापनका अनेक तौरतरिका  हुन्छ्न । यो  बहुआयामिक बिषय हो जसले धेरै कुराको सङकेत गर्दछ। शैक्षिक गुणस्तर निर्माणमा  शिक्षक, शिक्षण विधि, भौतिक पुर्वाधार, लगानी , शिक्षा निति , पाठ्यक्रम, राजनीतिक ब्यवस्था, समाज , मुल्यांकन प्रणाली आदिले  प्रत्यक्ष र अप्रत्यक्ष भुमिका खेलिरहेका हुन्छ्न। शैक्षिक गुणस्तरलाई ठ्याक्कै परिभाषित गर्न कठिन छ। एउटा परिवेशमा गुणस्तरीय भनिएको शिक्षा अर्को परिवेश र वातावरणमा  गुणस्तरीय नहुन पनि सक्छ। समग्रताको हिसाबमा स्वदेश तथा बिदेशमा बिक्ने र टिक्ने खालको शिक्षालाई गुणस्तरीय शिक्षा भन्न सकिन्छ। शैक्षिक गुणस्तर  मापनका अनेकन मानक/ आधार हुन्छ्न। जस्तै- आत्मानिर्भर मुखि , सीप मुलक / ब्यबहारिक , रोजगार मुलक,सामाजिक घुलमिलनमा योगदान, प्रबिधिको प्रयोगमा सक्षमता ,अनुशासन , नैतिकता, बिषय बस्तुमा दख्खल/ निपुर्ण, देश प्रेम र अन्तर्राष्ट्रिय नागरिक निर्माणमा भूमिका खेल्ने शिक्षा गुणस्त

समावेशीता; र नेपालको सन्दर्भमा यसको अभ्यास- (पुराना प्रश्न 900 पेज पछि राख्ने) --------=--------------------------=---------------------- राज्यको मुल प्रबाहमा नपुगेका बर्ग, समुदाय, जात-जाती, धर्म, लिङ्ग, अपांग , पिछडिएको क्षेत्र आदिलाई राज्यका निकायमा समाबेश गर्ने नीति,नियम र सिद्धान्तलाई समावेशीकरण भनिन्छ।यो समानता तर्फ लम्कने एउटा रणनीति हो, भर्र्याङ् हो। # किन समावेशीता ? राज्य सबैको हो,राज्य प्रती सबैको अपनत्व बढोस ;विश्वास बढोस। राज्यले कल्याण गर्छ; विभेद गर्दैन भन्ने आम बर्ग र समुदायलाई परोस भनेर समावेशीताको नीति अवलम्बन गरिएको हो। महिला, जनजाति , दलित , मधेसी ,पिछडिएको बर्गले सधै बिभेदको महसुस गरे।राज्यले पनि तिनिहरु माथि लामो समय सम्म बेवास्ता गर्यो।एक हिसाबले शोषण गर्यो। मानिसमा बिद्रोहको भावना जन्मायो। त्यसलाई न्यूनीकरण गर्न समावेशीताको नीति अवलम्बन गरिएको हो। # समावेशीताको शुरूवात – 19 औ शताब्दीको शुरुवातग्सगै युरोपमा कल्याणकारी राज्यको अवधारणा बिकास भयो। यसको अर्थ राज्यले कसैलाई विभेद गर्दैन, सबैलाई न्याय गर्छ / कल्याण गर्छ भन्ने हो। यसले सामाजिक न्यायको वकालत गर्यो। यो नै समावेशीताको शुरुवात थियो। यसलाई मलजल गर्ने काम सन1948 डिसेम्बर 10 मा संयुक्त राष्ट्र संघको मानवअधिकार घोषणा पत्रले गर्यो । जसमा महिला, बालबालिका , अपांग/ अशक्त आदिको हित अभिवृद्धि गर्ने कुरा समावेश थिए। अधिकारको संरक्षण गर्ने कुराले बिस्तारै समावेशीताको बहसलाई केन्द्रमा ल्यायो। # के के मा समावेशीता ? राज्यका मूल धारमा नपरेका सबै बर्ग र समुदायलाई सामाजिक , आर्थिक, राजनैतिक , सास्कृतिक लगायतका क्षेत्रमा समावेशीकरण हुनुपर्ने कुरालाई जोड दियो।शिक्षा, स्वास्थ्य , रोजगार , आवास लगायतका सेवा सुबिधा सबैलाई दिनु नै सामाजिक न्याय हो।राज्य र यसको चरित्र एकाङ्की भएको गुनासो बढ्दै गयो।राज्य समावेशी हुनु पर्ने आवाज सन्सार भर उठ्यो।नेपाल पनि त्यसबाट अछुतो रहन सकेन। # नेपालमा समावेशीता-- विभिन्न गैरसरकारी सस्थाले 2046 पछि कुनै न कुनै रुपमा समावेशीकरणको मुद्दा उठाएका थिए।जब माओवादी आन्दोलन एउटा निष्कर्षमा पुग्यो तब यसले मूर्त रुप लियो।समावेशीताको मुद्दा माओवादी युद्धको एउटा माग थियो।जुन 2063 को अन्तरिम संविधानमा लिपिबद्द भयो।अनि त्यो बिषयले संबैधानिक मान्यता प्राप्त गर्यो।नेपालमा राजनैतिक समावेशीकरण र सास्कृतिक पहिचानको बिषयले समावेशीतालाई केही पेचिलो बनायो। गरिव निमुखा, पिछडिएका बर्ग र क्षेत्रलाई शिक्षा, स्वास्थ , रोजगार दिने बिषयमा सामान्य मतभेद र बुझाइमा समस्या भएता पनि तिनीहरुको सहज कार्यान्वयन भयो।यो राम्रो पक्ष हो।नेपालको संविधानले महिला 33% जनजाति 27%, मधेसी 22%, दलित 9%, अपांग 5%, पिछडिएको क्षेत्र4% आरक्षण गरेको छ।राज्यका हरेक निकायमा यिनिहरुको आरक्षण नै एक हिसाबले समावेशीकरण बुझियो। # समावेशीताको बुझाई र अभ्यास- रोजगारि प्राप्ति तथा विशेषज्ञता चाहिने केही क्षेत्र जस्तो शिक्षण , मेडिसिन आदिको आरक्षणलाई केही असजिलो मानिएको छ। यसमा बिरोधाभाष कुरा पनि छ। यी बहस गर्न लायक बिषय पनि हुन।तर सबैभन्दा दुबिधा र बिरोधाभाष राजनैतिक क्षेत्रमा छ।एकातिर समावेशी नीति मान्ने सो अनुसार संविधानमा लिपि बद्द गर्ने तर कार्यान्वयनमा गर्ने तर अभ्यासमा फरक व्यवहार देखाउने गरेको पाईन्छ। राजनीतिमा समावेशीता भनेको माथी उल्लेख गरेका बर्ग र समुदायलाई भाग पुर्याउन राजनीतिक पदहरु थपिएको छ। अनावश्यक पद र संरचनामा सिर्जना गरिएको छ।महिला, जनजाति, मधेसी , दलित, अपांग , पिछडिएको क्षेत्रका केही मानिस दङ छ्न।हुन त केही नहुनु भन्दा त उपलब्धि नै हो।तर समावेशी सिद्धान्तको मर्म त्यो होइन। अतिरिक्त पद सिर्जना गरेर समावेशी भन्नु गलत हो।अधिकार र जिम्मेवारी सहितको समता रणनीतिबाट समानता तर्फ जानू नै समाबेशिता हो। यहाँ हैकमवादी र पुरुषवादी चिन्तनले काम गरेको छ। यो सामान्ती चिन्तन हो।अरुको क्षमता र हैसियतलाई स्वीकार नगर्ने प्रवृत्ति हो।मपाईत्वको पराकाष्ठा हो।महिला, जनजाती , मधेसीलाई भाग पुर्याउनु पर्छ भनेर कमिटी ठूलो बनाउने, उपाध्यक्ष , सहसचिव , सचिब जस्ता राजनैनिक पदहरु बढाउने, सदस्यको सङ्ख्या बढाउने प्रचलन छ।यो गलत हो।यसले ती बर्ग र समुदायलाई अझै राजनैतिक मूल धारमा ल्याउन सक्दैन।अध्यक्ष , महासचिव जस्ता पद पुरुषले नै राख्नु पर्ने।यो कस्तो चिन्तन हो??।यसको अर्थ उनिहरुको क्षमता माथी विश्वास छैन वा आफू मात्र जान्ने / सुन्ने देखाउन खोजेका होइनन् र भन्या?? खेलमा जस्तैअतिरिक्त खेलाडी राखे जस्तो भएन र पद थपेर राख्दा??अधिकार नदिने, जिम्मेवारी दिन कन्जुस्याइँ गर्ने यो कुन समावेशीकरण हो?? समावेशी चरित्र मात्र होइन ; यो सशक्तीकरण पनि हो। पदहरु सिर्जना नगरी भएकै महत्त्व पूर्ण पदमा महिला , मधेसी वा दलितहरुलाई समाबेश गर्ने हो भने मात्र फलदायी हुन्छ।तिनीहरुलाई सहायकका रुपमा राख्दा क्षमता वृद्धि र सशक्तीकरणमा तात्तिक अन्तर आउदैन।यो अभ्यास सुधार गर्नै पर्छ।यो बिकृत अभ्यास हो। # समावेशीतासग नजिकका शव्द- समावेशी शव्दसग नजिकको तालमेल भएका केही शव्दहरु छ्न।ठ्याक्कै शव्दगत अर्थ फरक भएता पनि आशय उस्तै उस्तै हुन्छ। जस्तै-सकारात्मक बिभेदिकरण ,आरक्षण, बिशेष अधिकार,लक्ष्यित बर्ग कार्यक्रम , सशक्तीकरण, समता मूलक समाज, समानुपातिक प्रतिनिधित्व ,मूल प्रबाहिकरण, आदि। पद पाउनु मात्र समावेशीता होइन।अधिकार, जिम्मेवारी र दायित्व सहितको समावेशीता आजको आवश्यकता ।

राज्यको मुल प्रबाहमा नपुगेका बर्ग, समुदाय, जात-जाती, धर्म, लिङ्ग, अपांग , पिछडिएको क्षेत्र आदिलाई राज्यका निकायमा समाबेश गर्ने नीति,नियम र सिद्धान्तलाई समावेशीकरण  भनिन्छ।यो समानता तर्फ लम्कने एउटा रणनीति हो, भर्र्याङ् हो। # किन समावेशीता ? राज्य सबैको हो,राज्य प्रती सबैको अपनत्व बढोस ;विश्वास बढोस। राज्यले कल्याण गर्छ; विभेद गर्दैन भन्ने आम बर्ग र समुदायलाई परोस भनेर समावेशीताको नीति अवलम्बन  गरिएको हो। महिला, जनजाति , दलित , मधेसी ,पिछडिएको बर्गले सधै बिभेदको महसुस  गरे।राज्यले पनि तिनिहरु माथि लामो समय सम्म बेवास्ता गर्यो।एक हिसाबले शोषण गर्यो। मानिसमा बिद्रोहको भावना जन्मायो। त्यसलाई न्यूनीकरण गर्न  समावेशीताको नीति अवलम्बन गरिएको हो। # समावेशीताको  शुरूवात – 19 औ शताब्दीको शुरुवातग्सगै युरोपमा  कल्याणकारी राज्यको अवधारणा बिकास भयो। यसको अर्थ राज्यले कसैलाई विभेद गर्दैन, सबैलाई न्याय गर्छ / कल्याण गर्छ भन्ने हो। यसले सामाजिक न्यायको वकालत गर्यो। यो नै समावेशीताको शुरुवात थियो। यसलाई मलजल गर्ने काम सन1948 डिसेम्बर 10 मा संयुक्त राष्ट्र  संघको   मानवअधिकार घोषणा पत्रले गर्यो । जसमा म

संघीय तथा प्रादेशिक विश्वविद्यालयको सूचि

   1)त्रिभुवन विश्वविद्यालय (काठमाडौ )--2016 2)नेपाल सस्कृत विश्वविद्यालय (दाङ)--2043 3)काठमाडौ विश्वविद्यालय (निजि; धुलिखेल ,काभ्रे )-2048 4)पूर्वान्चल विश्वविद्यालय -(बिराटनगर - 2051) 5)पोखरा विश्वविद्यालय - (पोखरा - 2054) 6)लुम्बिनी  विश्वविद्यालय -(रुपन्देही -2062) 7)मध्य -पश्चिमान्चल विश्वविद्यालय ( सुर्खेत - 2067) 8)सुदुर- पश्चिमान्चल विश्वविद्यालय (महेन्द्रनगर , कंचनपुर - 2067) 9)कृषि तथा वन विश्वविद्यालय ( रामपुर, चितवन - 2067) 10)खुला विश्वविद्यालय  (ललितपुर - 2073) 11)राजर्षी जनक विश्वविद्यालय ;जनकपुर -2074 प्रादेशिक विश्वविद्यालयहरु- * गण्डकी  विश्वविद्यालय- 2076 कास्की । *मनमोहन  प्राबिधिक  विश्वविद्यालय  -2076 मोरङ * मधेस कृषि  विश्वविद्यालय -2078 सप्तरी  * मधेस विश्वविद्यालय - 2079 पर्सा , बिरगंज  यी बाहेक मदन भण्डारी विश्वविद्यालय र योगमाया आयुर्वेद संघीय विश्वविद्यालयको रुपमा नै संचालनको तयारीमा  छ्न। दुबै विश्वविद्यालयका केहि कामहरु अघि बढेको भएता पनि कक्षा संचालन लगायतका प्रक्रिया अगाडी बढ्न सकेका छैनन।

नवीन शैलिको आधुनिक प्रशासन ; कर्मचारीतन्त्रको पुनर्संरचन

  दुनियामा फरक फरक मोडलका कर्मचारी प्रशासन छ्न।पुरानो ज्यादै पुरानो भयो अब विकल्प खोज्नु पर्छ। पुरानोको काम गर्ने तरिका पनि पुरानो भयो। पुरातन  शैलिमा काम गर्ने कर्मचारीतन्त्रलाई 21 औ शताब्दी  सापेक्ष  बनाउनु पर्छ। कार्य सम्पादनमा आधारित कर्मचारी चाहिन्छ।अति सेवा संरक्षण भएको  कर्मचारीतन्त्रको सट्टा नवीन  शैलिको प्रशासन निर्माण जरुरी छ। अनलाईन वा कम्प्युटर  प्रबिधिमा पोख्त , कार्य समय लचकता अनुसार काम गर्ने, सुशासनका मुल मन्त्रलाई अनुसरण गर्ने, राज्यको करबाट तलब भत्ता खाएकोले बिना आग्रह पुर्वाग्रह काम गर्ने कर्मचारी चाहिएको छ।अति सेवा संरक्षण भएकोले उ सेवक होइन शासक जस्तो छ। जनतालाई हुकुमी शैलिमा निर्देशन दिन्छ।निर्देशक होइन; वास्तविक सेवक चाहिएको छ। आम मानिसको बुझाईमा समाज  राजनीतिले परिवर्तन गर्न सकेन भन्ने छ।त्यसमा सत्यता होला पनि! तर जनताको घर दैलोमा सेवा दिने कर्मचारीतन्त्रले हो ; राजनितीज्ञले होइन।  नेपालको राजनीतिमा समस्या छ त्यो भन्दा बढी समस्या  कर्मचारीतन्त्रमा छ। यो भद्दा मात्र होइन ,यो राणाकालिन  छ।लम्बेतानको प्रक्रिया र पुरानो शैलिलाई बढी मन पराउछ।यो नै सबैभन्दा समस्या हो।